१३ असार २०८३, शनिबार

सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक

सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक

सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन् ।

आज पदभार ग्रहणपछि उनले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, शर्ट, जुत्ता र टाईसहितको पोसाक निःशुल्क प्रदान गर्ने बताए । पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यममा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोसाक निःशुल्क प्रदान गरिने उनले बताए । यसका लागि आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइनेछ ।

नगरभरिका गर्भवतीका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको  प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्