०७ असार २०८३, आइतबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

मंगलवार काठमाडौं उपत्यका सहित आसपासका क्षेत्रमा मौसममा सामान्य बदली रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा बदली भइरहेको मौसम विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्ग  र  हावा  हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलवार राति  प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्