२३ असार २०८३, मंगलबार

विमान दुर्घटनाले फेरि पनि हवाइ यात्राको सुरक्षाबारे प्रश्न खडा भयो : कमल थापा

विमान दुर्घटनाले फेरि पनि हवाइ यात्राको सुरक्षाबारे प्रश्न खडा भयो : कमल थापा
फाइल तस्‍वीर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तारा एयरको विमान दुर्घटनाले फेरि पनि हवाईयात्राको सुरक्षाबारे प्रश्न खडा भएको बताएका छन् । 

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले यसबारे सरकार र सम्बद्ध पक्षले गम्भीर ध्यान दिनु आवश्यक भएको समेत बताएका छन् । 

अध्यक्ष थापाले लेखेका छन्,‘तारा एयरको विमान दुर्घटनाले फेरि पनि हवाइ यात्राको सुरक्षाबारे प्रश्न खडा भएको छ । यसबारे सरकार र सम्बद्ध पक्षले गम्भीर ध्यान दिनु आवश्यक छ ।’

उनले तारा एयर दुर्घटनामा निधन भएकाहरूको दिवंगत आत्माहरूको चीर शान्तिको कामना समेत गरेका छन् । 

आइतवार बिहान जोमसोम जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहिन भएको थियो । 

नेपाली सेना लगायतको सुरक्षा टोलीले सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला फेला पारेको थियो । 

दुर्घटनामा विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्