२३ असार २०८३, मंगलबार

पतिको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको उपचारको क्रममा मृत्यु

पतिको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको उपचारको क्रममा मृत्यु
सांकेतिक तस्वीर

पतिको कुटपिटबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ ।

माझीको गएराति भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका पति रामचन्द्र माझीले पटक–पटक कुटपिट गर्दै आएका थिए । 

पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।

गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमवार शल्यक्रिया गरिएको थियो । तर शल्यक्रिया गरिएकै रात उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्