
‘कुमारी धनवृद्धि योजना’ आवेदन दिने समय थप भएको छ ।
अब यो योजनामा जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यता, योजनाले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि कुमारी क्यापिटलले जनाएको छ ।
कुमारी क्यापिटलले जेठ १२ गतेदेखि यस योजनाको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५% अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ ।
बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।