०५ साउन २०८३, मंगलबार

बजेटमाथि संसदमा आजदेखि छलफल

बजेटमाथि संसदमा आजदेखि छलफल

सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आजदेखि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए ।

नेकपा एमालेले सरकारको बजेट गलत भएको भन्दै संसदमा भण्डाफोर गर्ने संसदीय दलबाट निर्णय गरेको छ ।

साउन १ गतेबाट लागू हुने बजेट असार भित्रै पारित गर्नेगरी संसद् सचिवालयले छलफलको तालिका बनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्