गर्मीमा आँप खान सबैले मन पराउँछन् । आँपबाट विभिन्न स्वादिष्ट परिकारहरू बनाउन सकिन्छ । यहाँ हामी म्यांगो सुजी केक बनाउने तरिका सिकाउँछौं ।
सामग्री
सुजी दुई कप
कोया निकालेको आँप दुई कप
तेल आवश्यकता अनुसार
चिनी चार चम्चा
बेकिङ पाउडर आधा चम्चा
नून स्वाद अनुसार
पेस्टा दुई चम्चा
विधि
एउटा कचौरामा सुजी, चिनी र बेकिङ पाउडर राखेर राम्ररी मिसाउनुस् ।
त्यसपछि आँपको कोया फालेर पल्प निकाल्नुस् ।
पल्पलाई मिक्सरमा राखेर राम्ररी फिँट्नुस् ।
सुजीको मिश्रणमा मज्जाले तेल हालेर मोल्नुस् ।
अब त्यसमा आँपको पल्प राख्नुस् ।
त्यसमा अलिकति बेकिङ पाउडर थप्नुस् ।
अब ट्रेमा तेल दलेर केकका लागि बनेका यी सामग्री राख्नुस् ।
अनि केकमाथि पेस्ता राखेर सजाउनुस् र बेक गर्नका लागि ओभनमा राख्नुस् ।
आधा घन्टा बेक गरेपछि केक पाक्यो कि पाकेन चेक गर्नुस् ।
पाकेको भए त्यसलाई सेट हुनका लागि फ्रीजमा राख्नुस् ।
स्वादिलो म्यांगो सुजी केक तयार भयो । अब पस्केर खानुस् ।