१४ असार २०८३, आइतबार

‘प्रकाश’को टिजर : फरक भूमिकामा यस्तो देखिए प्रदीप खड्का

‘प्रकाश’को टिजर : फरक भूमिकामा यस्तो देखिए प्रदीप खड्का

प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ ।

'लभरब्वाई'को भूमिकामा जमेका प्रदीप यसमा भने फरक भूमिकामा प्रस्तुत छन् ।

मंगलवार युट्युबमार्फत सार्वजनिक टिजरमा प्रदीप जुम्लाको अति विपन्न युवकको भूमिकामा प्रस्तुत छन् ।

मर्मस्पर्शी टिजरमा प्रदीप र अभिनेत्री दीया मास्केलाई प्रस्तुत गरिएको छ । कर्णालीको लुक्समा तयार पारिएको टिजरमा प्रदीप र दीया सशक्त भूमिकामा देखिएका छन् । 

उनीहरू चलचित्रमा आमा छोराको भूमिकामा छन् । चलचित्रमा जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा प्रस्तुत गर्ने टिजरबाट बुझ्न सकिन्छ । 

चलचित्रलाई ‘प्रसाद’ फ्रेम्ड निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । 

विकास सुवेदीको लेखन रहेको चलचित्रमा प्रदीप र दीयाका अलावा प्रकाश घिमिरे, राजन खतिवडा, रेनु योगी लगायतका कलाकारहरुको समेत अभिनय छ । 

महेन्द्र अधिकारी निर्माता रहेको चलचित्र आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ । 

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ भने चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्