
रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ ।
रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरूले आजको साइत तय गरेका हुन् ।
बुधवार दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी गरिएको छ ।
आज रथ तान्नको लागि मंगलवार लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम समेत गरिएको छ ।
रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार मंगलवार बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो ।
आज रथलाई जावलाखेलमा पुर्याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ ।
भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर शुरू भएको हो ।