०५ साउन २०८३, मंगलबार

गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न खुला गर्नु सकारात्मक कदमः महासंघ

गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न खुला गर्नु सकारात्मक कदमः महासंघ

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुला गर्ने सरकारको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले  स्वागत गरेको छ ।

महासंघले बजेटको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त निर्णयको स्वागत गरेको हो ।

पुँजी बजारतर्फ धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्ने नीति राम्रो भएको महासंघको ठहर छ ।

यस्तै वैदेशिक रोजगारीमा गएका नागरिकलाई साधारण सेयर (आईपीओ)मा १० प्रतिशत आरक्षण दिने व्यवस्था राम्रो भएको र औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह बढ्ने अपेक्षा रहेको महासंघको धारणा छ ।

यस्तै रेमिट्यान्स प्रोत्साहन कार्यक्रम अन्तर्गत महासंघको सुझाव अनुरुप वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई राहदानी नवीकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नवीकरण वापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था निकै सकारात्मक रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्