
काठमाडौं महानगरपालिकाले शहरमा सञ्चालित होटल तथा रेष्टुरेन्टका सञ्चालकलाई आफ्नो शौचालय सार्वजनिक बनाउनेहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
आइतवार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले इच्छुक होटल सञ्चालकलाई ७ दिनभित्रमा सम्पर्कमा आउन आग्रह गरेको हो ।
जेठ १६ गतेको कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि महानगरले काठमाडौंका होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई यस्तो आग्रह गरेको हो ।
आफ्नो शौचालय सार्वजनिक बनाउन चाहनेले बबरमहलस्थिति सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क गर्न आग्रह गरेको छ ।
काठमाडौंका मेयरमा निर्वाचित भएसँगै शहरको होटललाई सार्वजनिक शौचालय बनाउने बताएका थिए ।