२५ असार २०८३, बिहीबार

अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

जेठ २२, २०७९
अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

अमेरिकी जलसेनाको लडाकू विमान शुक्रवार दक्षिणी क्यालिफोर्नियाको मोहाभे मरुभूमिमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको छ ।

एफ/ए–१८ई सुपर होर्नेट शुक्रवार अपराह्न साढे २ बजेतिर ट्रोना नामक शहरमा खसेको जलसेनाले जनायो । पाइलटको नाम खुलाइएको छैन र दुर्घटना कसरी भयो भनी जलसेनाले विस्तृत विवरण पनि उपलब्ध गराएको छैन । जमीनमा कोही पनि घाइते नभएको बताइएको छ । 

उक्त क्षेत्रमा हालैका वर्षमा दुर्घटनामा परेको यो चौथो विमान हो । 

बोइङ कम्पनीको यस विमानलाई अमेरिकी जलसेनाको अग्रणी लडाकू विमान मानिन्छ । यसको उच्चतम गति १२ सय माइल प्रतिघन्टा छ । यो विमान हालैको सुपरहिट फिल्म टप गन ः मेभरिकमा पनि देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्