१५ असार २०८३, सोमबार

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशंकरवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग  ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो ।

गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताए ।

शव हाल सोही अस्पतालमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्