×

NMB BANK
NIC ASIA

राज्यको उपेक्षामा परेको भूमि

काठमाडौंले नदेखेको मेचीपारिको नेपाल

जेठ २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको सिमानाको कुरा गर्दा हामीमध्ये धेरैले भन्छौं पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म । तर, पूर्वको सीमामा पुग्दा मात्रै थाहा हुन्छ, मेची नदीभन्दा पारिपट्टि पनि नेपाल छ ।

Muktinath Bank

सुदुरपूर्वको जिल्ला झापामा दुईवटा यस्ता बस्ती छन्, जुन भूभाग नेपालको हो तर, त्यहाँ बस्ने नेपालीलाई देशले भने पराई झैँ व्यवहार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेचीभन्दा पारिको दुई बस्तीमध्ये एउटा मेचीनगर नगरपालिका र अर्को चाहिँ भद्रपुर नगरपालिकामा पर्छ । 


Advertisment
Nabil box
Kumari

मेचीनगर नगरपालिको वडा नम्बर– १५ मा पर्ने झाडो बस्तीलाई मेचीपारिको नेपाल भनेर चिनिन्छ ।

Vianet communication
Laxmi Bank

भारतको बिहार र बंगालको सीमासँग जोडिएको उक्त बस्तीका नेपालीहरू वर्षायाम लागेपछि प्रशासनिक कामका लागि वडा कार्यालयसम्म पनि पुग्न सक्दैनन् । न त विद्यार्थीहरू विद्यालय नै जान पाउँछन् ।

उनीहरूले मेची नदीको पारिपट्टी पनि नेपालको भू–भाग रक्षा गरेका छन्, तर देशले भने विदेशीलाई जस्तो व्यवहार गरिरहेको छ ।

मेची नदीमा पानीको बहाव बढेपछि प्रशासनिक कामका लागि वडा कार्यालय पुग्न भारतीय बाटो हुँदै नेपाल–भारतको पूर्वी नाका काँकडभिट्टा पुग्नुपर्छ, जुन उनीहरूका लागि निकै मुस्किल छ । उक्त बस्तीमा सामान्य जीवनयापनका लागि न्यूनतम सुविधा पनि सरकारले पुर्‍याउन सकेको छैन । 

उनीहरूको मुख्य बजार भारत नै हो । आफ्ना उत्पादन बिक्री गर्न र तेल मसला खरिद गर्न भारतीय बजार नै जानुपर्छ । स्वास्थ्य उपचार र अन्य सेवाका लागि पनि भारत नै पुग्नुपर्छ । 

मेचीनगर नगरपालिकामा पर्ने यो बस्तीमा झाडो, ग्वाला र शिशौडाँगी टोल छन् । यी तीन टोलमा करीब ३८ घर परिवार छन् । ऐलानी जग्गामा बनेको बस्ती हो यो । तर, केहीले पनि जग्गाको लालपूर्जा पनि बनाएका छन् ।

राजवंशी र यादव समुदायको बसोबास, मैथिली भाषा

गाउँमा केही वर्ष अघि खुलेको विद्यालय छ । उक्त विद्यालयमा कक्षा २ सम्म मात्रै पढाइ हुन्छ । त्यहाँका सबैको जीविकोपार्जनको उपाय भनेकै पशुपालन र कृषि हो ।

ग्वाला बस्तीका स्थानीय मोतिलाल यादव गाउँका सबैको मुख्य पेशा कृषि र पशुपालन मात्रै भएको बताउँछन् । 

त्यहाँका नेपालीहरूलाई समस्या नै समस्या रहेको यादवले सुनाए ।

‘हाम्रा केटाकेटीहरू पढ्न पाएका छैनन् । कक्षा–२ सम्म मात्रै पढाइ हुने विद्यालय छ । वर्षाको बेलामा उनीहरूले पढ्न पाउँदैनन्’, यादवले भने । 

माथिल्लो कक्षा पढ्नका लागि मेची नदी तरेर आउनुपर्छ । उक्त बस्तीलाई जोड्ने पुल नहुँदा बालबालिकाहरू आवतजावत गर्न सक्दैनन् । 

कतिपय भने झाडो बस्ती छाडेर मेचीवारि नै आएर बस्न थालेका छन् । उनीहरू चियाबगानमा काम गर्छन् । तर, जसले पशुपालन र कृषि पेशा अपनाएका छन्, उनीहरूको लागि झाडो बस्ती नै सजिलो छ । 

यादव भन्छन्, ‘पशुपालनका लागि हामीलाई यहीँ सजिलो छ । पारि जाँदा गाइवस्तु पाल्न सकिँदैन ।’

यहाँका सबैजसोले गाई, भैँसीको दूध बिक्रीबाट आम्दानी गर्छन् । भारतीयहरू दूध खरिद गर्न गाउँमै आउँछन् । स्थानीयले दूध र तरकारी नेपालतिर बिक्री गर्न ल्याउँदा नेपाली प्रहरीले दुःख दिने गुनासो गरे ।

‘साइकलमा तरकारी लिएर गयो भने भारतबाट ल्याएको भनेर दुःख दिन्छन् । हरेक साइकलबाट १०० रुपैयाँ लिन्छन् र खल्तीमा हाल्छन्’, यादवले भने ।

प्रहरीले दुःख दिएको बेलामा स्थानीय जनप्रतिनिधिहरूलाई फोन गर्ने गरेको उनले बताए । 

स्थानीय तहको निर्वाचनका क्रममा राजनीतिक दलका प्रतिनिधिहरू मत माग्न पुगेका थिए । उनीहरूले पुरानै आश्वासन दोहोर्‍याएर फर्किएको स्थानीयले बताए ।  

‘झोलुङ्गे पुल बनाइदिन्छु भनेको दुई वर्ष भइसक्यो, अहिलेसम्म बनेको छैन । हिउँदमा त बत्ती बल्छ तर वर्षामा खोलाले पोल बगाइदिन्छ र बत्ती बल्दैन । अहिलेको चुनावमा पनि उम्मेदवारहरू यही कुरा दोहोर्‍याएर गएका छन्’, यादवले भने । 

उक्त ठाउँलाई नेपाली भूभाग हो भनेर विस्तारै अरूले चिन्न थालेको यादव बताउँछन् । ‘पहिले त यो नेपाली भूभाग नै हो भनेर धेरैलाई थाहै थिएन । भर्खर चिन्न थालेका हुन् । प्रहरीहरूले नै भारतीय हो भन्थे । तर, अहिले चाहिँ उनीहरूलाई पनि थाहा भयो’, यादवले भने । 

सीमा सुरक्षामा रहेका शसस्त्र प्रहरीलाई अहिले पनि नेपालको सीमा कहाँसम्म हो भन्ने थाहा नभएको झाडो बस्तीका स्थानीयहरू बताउँछन् ।

झोलुङ्गे पुल मुख्य एजेन्डा 

मेचीपारिको नेपाललाई राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनको एजेन्डा बनाएका थिए । निर्वाचन जितेमा स्कूल र विद्युत्को समस्या समाधान गरिदिने, मेची नदीमा पुल बनाइदिने आश्वासन उनीहरूको थियो ।

मेचीनगर नगरपालिकामा एमालेले निर्वाचन जितेको छ । एमालेका गोपालचन्द्र बुढाथोकी नगर प्रमुखमा र मीनाकुमारी पोखरेल उपप्रमुखमा निर्वाचित भएका छन् । 

मेचीपारिको बस्ती समेत पर्ने उक्त नगरपालिकाको वडा नम्बर–१५ को वडा अध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसका गुणराज भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् ।  

नगर प्रमुख निर्वाचित भएका बुढाथोकीले मेचीपरिको नेपालको विद्युत् समस्या समाधान गर्ने र मेची नदीमा झोलुङ्गे पुल बनाउने आफ्नो योजना रहेको बताएका छन् । 

‘नगरपालिकाको बजेटबाट भए पनि स्कूलमा शिक्षकको व्यवस्था गर्छौं । विद्युत्को समस्या सुल्झाउँछौं र मेची नदीमा झोलुङ्गे पुल बनाउँछौं’, बुढाथोकीले भने । 

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x