२३ असार २०८३, मंगलबार

बढ्दै किमको साहस, उत्तर कोरियाले एकै दिनमा गर्‍यो ८ वटा क्षेप्यास्त्र परीक्षण

जेठ २२, २०७९
बढ्दै किमको साहस, उत्तर कोरियाले एकै दिनमा गर्‍यो ८ वटा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले आइतवार पूर्वी सागरतर्फ छोटो दूरीका आठवटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । 

अमेरिकाको विमानवाहक युद्धपोतका साथ दक्षिण कोरिया र अमेरिकाले संयुक्त अभ्यास सकेको भोलिपल्ट उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको हो । 

दक्षिण कोरियाको सर्वोच्च सैन्य निकाय जोइन्ट चीफ्स अफ स्टाफका अनुसार, क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४३ मिनेटसम्म प्रक्षेपण गरिएका थिए । विभिन्न शहरबाट ती क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए । 

क्षेप्यास्त्रहरू २५ देखि ९० किलोमिटरको उचाइमा ११० देखि ६७० किलोमिटरको दूरीमा उडेको थियो । ती क्षेप्यास्त्रहरू ध्वनिको भन्दा तीनदेखि ६ गुणाको गतिमा उडेका थिए । 

दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरूले थप विवरण पाउनका लागि विश्लेषण गरिरहेका छन् । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकालाई वार्ताको टेबलमा ल्याउनका लागि लगालग क्षेप्यास्त्र परीक्षण गरिरहेका हुन् । तर अमेरिकाका राष्ट्रपति जो बाइडन किमसँग कुरा गर्नुअघि तल्लो तहका अधिकारीहरूबीच कुरा मिल्ने अपेक्षा गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्