३० जेठ २०८३, शनिबार

वातावरण संरक्षणमा सबै पक्ष दत्तचित्त बन्नुपर्छ : मन्त्री चौधरी

वातावरण संरक्षणमा सबै पक्ष दत्तचित्त बन्नुपर्छ  : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले वातावरण संरक्षणमा मुलुकका सबै पक्ष दत्तचित्त बन्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवस तथा डिनको ४२ औ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताए ।

वातावरण संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिन अझै प्राथमिकताका साथ योजनाबद्ध रूपमा अघि बढाउने प्रतिवद्धता समेत जनाए ।

वातावरण संरक्षण जस्तो गम्भीर पक्ष सरकारको प्रयासले मात्रै सम्भव नरहने चर्चा गर्दै  मन्त्री चौधरीले हरेक नागरिकलाई आफ्नो – आफ्नो तहबाट वातावरण संरक्षणमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल ,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ , राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वातावरण प्रदूषणले विश्वमा पारेको प्रभाव  र वातावरण संरक्षण सम्बन्धी  विविध कार्यपत्र प्रस्तुत गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्