०५ साउन २०८३, मंगलबार

बालुवाटारबाट असन्तुष्टि जनाएर फर्किए उपेन्द्र, देउवासँग लोसपाका नेताहरूले मंगलवार छलफल गर्ने

जेठ २२, २०७९
बालुवाटारबाट असन्तुष्टि जनाएर फर्किए उपेन्द्र, देउवासँग लोसपाका नेताहरूले मंगलवार छलफल गर्ने

दुई मन्त्रालय छाड्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्तावमा छलफल गर्न बालुवाटार गएका जसपा अध्यक्ष उपेन्द्र यादव त्यहाँबाट फर्किएका छन् । 

उनीहरूबीच देउवाको प्रस्तावमा छलफल भएको थियो । स्रोतका अनुसार उपेन्द्र यादवले सरकार छाड्ने मनस्थिति बनाएका छन् । 

देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउन चाहेका छन् । सोहीअनुरुप देउवाले जसपालाई दुई वटा मन्त्रालय छाड्न भनेको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई दुई वटा मन्त्रालय र उपसभामुख दिने बताएका छन् । 

यसैबीच लोसपाका चार शीर्ष नेताहरू देउवालाई भेट्न मंगलवार बालुवाटार जाने भएका छन् । अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरद सिंह र अनिल झा सरकारमा सहभागी हुने विषयमा छलफल गर्न मंगलवार बालुवाटार जाने स्रोतले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्