
काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङमा मृत फेला परेका २ युवायुवतीको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार मृतकहरू मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ का २० वर्षीय मनिष ठकुरी र दाङको राप्ती गाउँपालिका–२ की २० वर्षीया बिमला कुमाल रहेका छन् ।
सोमवार दुवैको शव फेला परेको थियो । शव भेटिएको ठाउँ नजिकै विषादीको बट्टा समेत फेला परेको थियो ।
मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।