
भनिन्छ प्रेममा सबै चिज जायज हुन्छ । यस्तै घटना स्कटल्यान्डमा भएको छ ।
डेटिङ एप टिन्डरमा कुराकानी भएकी अमेरिकाकी प्रेमिका ब्रिजेट केलीलाई भेट्न स्कटल्यान्डका पेडी केन्पबेल ७ हजार ५६३ किलोमिटर यात्रा गरेर अमेरिका पुगेका छन् ।
अनलाइन एपमा ४ महिना कुराकानीपछि प्रत्यक्ष भेट्न पेडी अमेरिका पुगेका हुन् । अमेरिका पुगेर प्रत्यक्ष भेटेपछि दुवैले रोमान्सका तस्वीर सार्वजनिक गरेका छन् ।
प्रेमिका केलीले भनिन्, ‘आशा छ अर्काेपालि म स्कटल्यान्ड जानेछु ।’
पेडीको यसअघिको विवाहमा सम्बन्धविच्छेद भइसकेको छ । कोरोना महामारीका बेला पत्नीसँग सम्बन्धविच्छेद भएपछि उनी केलीसँग नजिकिएका हुन् ।