२३ जेठ २०८३, शनिबार

टिभी च्यानल हेर्न टेलिकमले शुरू गर्‍यो एनटीटीभी’ एपको परीक्षण

टिभी च्यानल हेर्न टेलिकमले शुरू गर्‍यो एनटीटीभी’ एपको परीक्षण

नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका 'फ्रि टु एयर' टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरू गरेको छ । 

सो एप मंगलवार गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड मोबाइलको प्ले स्टोर तथा एप्पलको एप स्टोर मा उपलब्ध गराइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले एक विज्ञप्तिमार्फत जानकारी दिएका  छन् । 

उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरूमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरू लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरू प्रत्यक्ष हेर्न सकिने छ । 

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । 

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्