२४ जेठ २०८३, आइतबार

दिनको १०० जना आफ्ना सैनिक मारिइरहेको युक्रेनले गर्‍यो स्वीकार

जेठ २६, २०७९
दिनको १०० जना आफ्ना सैनिक मारिइरहेको युक्रेनले गर्‍यो स्वीकार

युक्रेनले रुससँगको युद्धमा दिनदिनै १०० जना जति सैनिक मारिएको बिहीवार स्वीकार गरेको छ । 

युक्रेनका गृहमन्त्री ओलेक्सी रेज्निकोभले अप्ठ्यारा युद्धहरूमा दिनदिनै १०० सैनिक मारिएको र ५०० जना जति घाइते भएको बताएका हुन् । 

अग्रमोर्चामा परिस्थिति अत्यन्तै कठिन रहेको उनले बताए । 

यसअघि युक्रेनले आफ्ना सैनिकहरूलाई पुगेको क्षतिलाई निकै घटाएर अनि रुसी क्षतिलाई बढाइचढाइ गरेर प्रस्तुत गर्ने गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्