०३ असार २०८३, बुधबार

थप २२ जनामा कोरोना पुष्टि

थप २२ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ६५५ जनाले पीसीआर र १ हजार ९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा ९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार १७१ पुगेको छ ।

संक्रमणमुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १ लाख १७ हजार ११७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११२ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

होम आइसोलेसनमा ११२ जना संक्रमित रहेका छन् । 

हाल देशभरमा २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य संक्रमित रहेका जिल्लामा ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर रहेका छन् ।

उपत्यकाका ३ जिल्लामध्ये हाल काठमाडौंमा ३२, ललितपुर ४ र भक्तपुरमा ५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । कूल संक्रमण दर १७ दशमलव १ प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्