०२ असार २०८३, मंगलबार

यी महिलाले ‘विर्य दाता’ खोज्दा पति नै भेटेपछि ...

जेठ २६, २०७९
यी महिलाले ‘विर्य दाता’ खोज्दा पति नै भेटेपछि ...
प्रतिकात्मक तस्वीर

प्राकृतिक रूपबाट गर्भवति हुन असमर्थ महिला विर्य दाता खोजिरहेकी थिइन् तर उनलाई पति नै भेटिए ।

न्युजिल्यान्डको घटनाअनुसार ४६ वर्षीया सी राइनीको विवाह भए पनि बच्चा जन्मिएनन् । उनकै समस्याका कारण बच्चा नजन्मिएपछि पतिसँग सम्बन्धविच्छेद भयो ।

सम्बन्धविच्छेद भएपछि उनले ‘एकल आमा’ बन्ने निधो गरिन् र विर्य दाताको खोजीमा लागिन् । संकटमा परेकी राइनीले आफ्नो बाल्यकालको एउटा घटना सम्झिइन् । जसमा उनका साथीले वाचा गरेका थिए ।

उनका साथी डेमियनले उनी आमा बन्न नसक्ने अवस्थामा विर्य दान गर्ने वाचा गरेका थिए । तर पछि डेमियन लन्डन गए, उतै बिहे गरे । दुवैबीच निरन्तर सम्पर्क हुन सकेको थिएन ।

बच्चा नजन्मिएपछि राइनीले डेमियनलाई फेसबूकमा देखेपछि सम्पर्क गर्न म्यासेज गरिन् र पुरानो वाचा स्मरण गराइन् । उनको सन्देश देखेपछि डेमियन विर्य दान गर्न मात्रै राजी भइनन्, उनीसँग विवाह नै गर्न तयार भए ।

त्यसपछि दुवैले विवाह गरे । राइनीले भनिन्, ‘मेरो विर्य दाता नै मेरो पति बनेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्