२२ जेठ २०८३, शुक्रबार

दैलेखको जिससमा सत्ता गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

दैलेखको जिससमा सत्ता गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी भएका हुन् ।   

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गरिन् । 

स्वतन्त्रबाट निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति थिए । उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ । जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो । एघार वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाताले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्