×

NMB BANK
NIC ASIA

अप्टिकल फाइबर विस्तारमा तीव्रता

जेठ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ भने बाँकी परियोजनामा दोस्रो र तेस्रो चरणको अनुगमन र प्रमाणीकरण भइरहेको छ । 

त्यसैगरी सोही कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजमार्फत अगाडि बढाइएको छ । जसमा पहलो प्याकेजअन्तर्गत प्रदेश नं १, मधेस र बाग्मती प्रदेशमा हालसम्म एक हजार ३१४ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कार्य भइरहेको छ । यता सरकारले सकारले आगामी आर्थिक वर्ष २०७९/०८० देखि दूरसञ्चार सेवालाई गुणस्तरी र परपर्दो, प्रभावकारी र सर्भसुलभ बनाउनुका साथै इन्टरनेट सेवालाई सर्भसुलभ रुपमा उपलब्ध गराउन इन्टरनेट सेवाको शुःल्क घटाउने भएको छ ।


Advertisment
Nabil box
Kumari

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) का सबै स्थानीय कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने कार्य अगाडि बढाइएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

त्यसको लागि हालसम्म कूल ७६ मध्ये ७२ गाउँपालिका÷नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा ब्राडब्याण्ड इन्टरनेट जडान गरी दुई वर्षसम्मको लागि महसुलबापतको रकम उपलब्ध गराउने भएको हो । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाएकोमा कुल ६५६ मध्ये २९५ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । 

भूकम्पबाट अति प्रभावित आठ जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्त र जडान गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने कार्यअन्तर्गत छवटा स्थानीय तहले कार्य सुरु गरेको र निजलाई अग्रिम भुक्तानीबापत रु ६७ लाख ९९ हजार ९३१ (कर बाहेक) भुक्तानी गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।

साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत चार स्थानीय तहले कार्य सम्पन्न गरेकोमा पहिलो चरणको भुक्तानीबापत रु ४९ लाल ४९ हजार ६२३ भुक्तानी गरिएको छ । 

त्यसैगरी सकारले आगामी वर्षदेखि डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गर्ने गरी सङ्घीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्ने भएको छ । यसैगरी स्थानीय तहसम्म ब्रोडबैंक सेवाको विस्तार गर्नुका साथै सूचना महामार्ग डाटा सेन्टर इन्टरनेट एक्सचेन्ज सेन्टर, अनलाइन सेवा र विद्युतीय सेवा भुक्तानी विस्तार पूर्वाधार विस्तार गर्न सरकारले बजेट विनियोज गरिएको छ ।

बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गर्नुका साथै धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टरको संभाव्यता अध्ययन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रको क्षमता विकासका साथै डिजास्टर रिकभरी सेन्टरको स्थापना गर्ने सरकारको योजना छ ।  रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x