२६ जेठ २०८३, मंगलबार

प्रतिनिधि सभाबाट २ विधेयक स्वीकृत

प्रतिनिधि सभाबाट २ विधेयक स्वीकृत
फाइल फोटो

प्रतिनिधि सभाको बैठकले २ विधेयकलाई स्वीकृत गरेको छ ।

शुक्रवार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो ।

अब ती २ विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्