२५ जेठ २०८३, सोमबार

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना, अवस्था गम्भीर

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना, अवस्था गम्भीर

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन् । 

पछिल्लो तीन हप्तादेखि दुवई स्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् । 

सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरिरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ । 

मुसरफको ट्वीटर हेन्डलमै उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ । 

उनको अवस्थामा सुधार होस् भनेर आफुहरुले प्रार्थना गरिरहेको पनि उनका आफन्तले बताएका छन् । 

ट्वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने संभावना पनि छैन । उहाँका अधिकांश अंगले काम गरेका छैन्न । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।” 

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्