१७ असार २०८३, बुधबार

त्रिशूली नदी किनारमा भेटियो महिलाको शव

कात्तिक २०, २०७४
त्रिशूली नदी किनारमा भेटियो महिलाको शव

नुवाकोट- बेलकोटगढी नगरपालिका–११ मजुवाकी चण्डिका तामाङ त्रिशूली नदी किनारमा मृतावस्थामा भेटिएकी छिन् । विदुर नगरपालिका–३ खड्गभञ्ज्याङस्थित त्रिशूली नदी किनारमा आज बिहान भेटिएको शवको पहिचान गर्ने क्रममा मदानपुरस्थित मजुवाका ३५ वर्षीया तामाङ भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । बुधबारदेखि हराइरहेकी तामाङलाई आज बिहान नदी किनारमा बगाएर ल्याएको अवस्थामा दखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्