३१ जेठ २०८३, आइतबार

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा ठूला सवारी चलाउन रोक

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा ठूला सवारी चलाउन रोक
फाइल फोटो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन नचल्ने भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रवारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारीसाधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले शुक्रवार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरूपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौंडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्