२३ जेठ २०८३, शनिबार

हिंसात्मक प्रदर्शन रोक्न राँचीमा इन्टरनेट बन्द

जेठ २८, २०७९
हिंसात्मक प्रदर्शन रोक्न राँचीमा इन्टरनेट बन्द
फाइल फोटो

भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माको विवादित बयानपछि आक्रोशित मुस्लिम समुदायले गरिरहेको प्रदर्शन हिंसात्मक बनेपछि राँचीमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

शुक्रवारको प्रदर्शनमा घाइते भएका २ जनाको मृत्यु भएपछि थप हिंसा भड्किन सक्ने भएकाले इन्टरनेट बन्द गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय प्रशासनले कर्फ्यू आदेश समेत जारी गरेको छ । प्रशासनले घरबाट बाहिर ननिस्किन आदेश गरेको छ ।

देशका अन्य क्षेत्रमा समेत प्रदर्शन र हिंसात्मक घटना भइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्