१९ असार २०८३, शुक्रबार

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

जेठ २९, २०७९
यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ ।
सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ ।

मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो । विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो ।

यो सहरमा यूक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले ‘हैजा, झाडापखाला र अरू सङ्क्रामक रोगहरू सहरमा देखा परिसकेको’ बताए । उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि सहर रूसी सेनाको कब्जामा रहेकोले यसको स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । 

यद्यपि रूसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको दावी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्