१३ असार २०८३, शनिबार

रामको उपचार खर्च वीरगञ्जका मेयर सिंहले व्यहोर्ने

रामको उपचार खर्च वीरगञ्जका मेयर सिंहले व्यहोर्ने

छाडा साढेको आक्रमणमा परी घाइते भएका पर्सा परवानीपुरका लक्ष्मण रामको उपचारमा लागेको सम्पूर्ण खर्च वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले व्यक्तिगतरूपमा तिरेका छन् । 

गत जेठ १५ गते साढेको आक्रमणमा परी राम गम्भीर घाइते भएका थिए । गरिबीका कारण उपचारमा कठिनाइ भोगेका रामको सबै उपचार खर्च नगर प्रमुख सिंहले तिरेका हुन् ।

स्पर्श हस्पिटलमा उपचार गरिरहेका रामको आर्थिक अवस्था खराब रहेको जानकारी पाएपछि नगरप्रमुख सिंह उनलाई भेट्न अस्पतालमै पुगेका थिए । नगरप्रमुख सिंहले गरेको प्रतिबद्धताबमोजिम नै रामको उपचारमा लागेको रु एक लाख ८० हजार उपलब्ध गराइएको हो ।

नगरप्रमुख सिंहले भने,'छाडा चौपायको आक्रमणबाट घाइते बनेका यसमा पनि आर्थिक अवस्था कमजोर भएका कारण मानवीय सेवाभावले रामको उपचारमा लागेको खर्च मैले व्यहोरेको हुँ ।'

यही जेठ १५ गते साढेको आक्रमणबाट वीरगञ्ज–२४ परवानीपुरका राम गम्भीर घाइते भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्