२२ जेठ २०८३, शुक्रबार

नआत्तिनुस, रातो नम्बरबाट फोन आउँदैन !

कात्तिक २०, २०७४
नआत्तिनुस, रातो नम्बरबाट फोन आउँदैन !
काठमाडौं, २०  पुस - सामाजिक सञ्जालमा अहिले रातो नम्बरको आतङ्क व्यापक बन्दै गएको छ। मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार हुन थालेको छ।

गोरखापत्रको अनलाइन संस्करण  लेख्छ - चल्तीमा नरहेका अनलाइनका नाममा यस्तो रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।

‘हाम्रो प्रारम्भिक अध्ययन अनुसार अन्तर्राष्ट्रिय बजारमा यस्तो रातो नम्बर भन्ने कतै पनि प्रचलनमा देखिंदैन’ उनले भने ‘सामाजिक सञ्जालमा भनिएका कुरा भ्रम हुन्।’

प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न अर्यालको सुझाव छ। सामाजिक सञ्जालमा कुनै पनि सेवा प्रदायकको नम्बरसँग नमिल्ने नम्बर राखेर उदाहरण प्रस्तुत गरिंदै आएको छ।

नेपाल टेलिकम वायरलेस सेवाका निर्देशक इन्जिनियर अशोक थापाका अनुसार अहिलेसम्म टेलिकमका कुनै नम्बरमा यस किसिमको फोन आएको छैन। ‘हाम्रो नेटवर्कमा रातो नम्बर अहिलेसम्म आएको जानकारी छैन’ उनले भने । प्रयोगकर्तालाई यस किसिमको भ्रमको पछि नलाग्न पनि उनको सुझाव छ ।

सामाजिक सञ्जालमा विशेषगरी एनसेल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आएको हल्ला फैलाइएको छ । तर यो सबै सेवा प्रदायकको विश्वसनीयतालाई कमजोर बनाउन गरिएको ‘होक्स’ मात्र भएको एनसेलका सञ्चार विज्ञ मिलनमणि शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्