बुटवल, ६ साउन - अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् ।

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् ।
विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए । घटनाका बेला २५ जना बढी रमिते बनेर हेरेका थिए ।
घटनामा उक्साउने छिमेकी र स्थानीय मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए । घटनापछि दुवैजना आआफ्नो घरमा छन् ।
कान्तिपुर लेख्छ- प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो ।