
रोल्पाको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेतृ सीता आचार्य निर्वाचित भएकी छन् । सीता लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीकी श्रीमती हुन् ।
निर्वाचनबाट जिसस उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् । समन्वय समिति सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुन निर्वाचित भएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन् । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।
रुकुमपूर्व घर भएकी सीताको माइती रोल्पा नगरपालिका वडा नम्बर–४ हो । रोल्पामा जिससमा माओवादीको बहुमत छ ।
१० पालिका रहेको रोल्पामा माओवादी केन्द्र ७ वटामा एकल जित निकालेको छ । सीता माओवादीको केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज हुन् ।
‘मेरो घर रुकुमपूर्व हो । मेरो माइती रोल्पा हो । राजनीति क्षेत्र पनि रोल्पा भएकाले यहाँ जिससको नेतृत्वको लागि अगाडि सरेर निर्वाचित भएकी हुँ,’ आचार्यले भनिन् ।