०४ साउन २०८३, सोमबार

मंगलवार विवाह बन्धनमा बाँधिदै ईन्दिरा र शरद

मंगलवार विवाह बन्धनमा बाँधिदै ईन्दिरा र शरद

गायिका इन्दिरा जोशीले आगामी मंगलवार विवाह गर्ने भएकी छन् । उनले प्रेमी शरद केडियासँग जेठ ३१ गते  विवाह गर्न लागेकी हुन् ।

आइतवार सामाजिक सञ्जालमार्फत उनले आफूहरूले विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।

विवाहको खबर बाँड्न पाउँदा आनन्द महसुस गरेको उनले बताएकी छन् ।

करीब तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

शरद फेसन डिजाइनर हुन् । उनीहरूले मेहेन्दी उत्सव भने गरिसकेका छन् । विवाह कहाँ गर्ने भन्नेबारे भने ईन्दिराले खुलाएकी छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्