०७ असार २०८३, आइतबार

पद्य चैत्य विहारको एमाले उपाध्यक्ष पौडेलले गरे उद्घाटन

पद्य चैत्य विहारको एमाले उपाध्यक्ष पौडेलले गरे उद्घाटन

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी आउने धार्मिक पर्यटकहरूको लागि निःशुल्क सेवा दिँदै आएको बुटवलस्थित पद्य चैत्य विहारको उद्घाटन गरेका छन् । 

पर्यटकहरूलाई पूजाआजा र गाँसबासको व्यवस्था गर्दै आएको पद्य चैत्य तुलसी–युक्त धम्म भवनको स्तरोन्नति गरिएको थियो । 

सो अवसरमा बोल्दै उपाध्यक्ष पौडेलले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरूको विकास गरी पर्यटनसँग जोड्नुपर्ने बताए । 

उनले देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकीकरणबाट सम्भव रहेको बताए । पौडेलले बुटवललाई ऐतिहासिक शहरको रुपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउन सकिनेमा जोड दिए । त्यसको लागि आफू सधँै लागिरहेको उनको भनाइ छ । 

विहारलाई विधिपूर्वक निर्माण र ढलोटको बुद्घमूर्ति स्थापना गराएका विहारका संरक्षक बिमलबहादुर शाक्यले बताए । २०५४ सालमा स्थानीय निर्वाचनपछि विहारलाई थप सौन्दर्यीकरण गरिएको थियो । 

कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तीर्थयात्रीहरूलाई सेवा दिने गरी विहारको स्थापना भएको बताए । 
 

कमेन्ट गर्नुहोस्