१० साउन २०८३, आइतबार

रचना रिमालको नयाँ गीत सार्वजनिक [भिडियोसहित]

रचना रिमालको नयाँ गीत सार्वजनिक [भिडियोसहित]

गायिका रचना रिमालको स्वरमा ‘माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायिका रचनाको आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमार्फत शनिवार सार्वजनिक भएको हो । 

तुलसा चौहानको शब्द, नवीन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतमा रचनाले एकल स्वर दिएकी हुन् । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा रचना स्वयं प्रस्तुत छिन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा लक्ष्मण चौहानको सम्पादन छ । 

गायनमा पछिल्लो पुस्ताकी सर्वाधिक व्यस्त रचनाले आफ्नो युट्युब च्यानलमा पनि समय-समयमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्