
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा एक जनाको हत्या भएको छ । स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार हत्या भएको हो ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव फेला परेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले साहुको हत्या आकंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् ।