
यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पोर्चुगललाई स्विजरल्याण्डले १-० गोल अन्तरले हराएको हो ।
स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे ।
यस हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक जोडेको छ ।
पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।
स्विजरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।