
काठमाडौंको कोटेश्वरबाट १० वटा कछुवाको बच्चासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसबाट आइतवार राति पौने ८ बजे कीर्तिपुर नगरपालिका–९ का २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला कछुवासहित पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट प्लास्टिकमा पानीसहित राखिएको जीवित कछुवाको बच्चा १० वटा, मोबाइल ३ वटा र मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरी प्रभाग कोटेश्वरले अनुसन्धान गरिरहेको छ ।