
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रतिनिधि सभामा स्थगन प्रस्ताव राखेको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले स्थगन प्रस्ताव पेश गरेका हुन् ।
देशभर मलको अभाव भएकोले संसदको नियमित कार्यसूची स्थगन गरेर मलको विषयमा छलफल गर्न प्रस्ताव ल्याइएको बताए ।
देशभर किसान रोएर बसेको बेला सरकार र मन्त्रीहरू मौनधारण गरेर बसेकोले स्थगन प्रस्ताव ल्याएर मलको विषयमा छलफल गर्नुपर्ने अवस्था आएको बताए ।
संसदको कार्यसूचीमा विनियोजन विधेयकअन्तर्गत मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ । स्थगत प्रस्ताव पारित भएमा आजको कार्यसूची हट्ने छ । तर, संसदमा एमाले अल्पमतमा रहेकोले प्रस्ताव पारित हुने सम्भावना कम छ ।