०१ साउन २०८३, शुक्रबार

गणपति वनस्पतीले काठमाडौं इन्टिच्युटलाई दियो एक करोड बढी रकम सहयोग

गणपति वनस्पतीले काठमाडौं इन्टिच्युटलाई दियो एक करोड बढी रकम सहयोग

गणपति वनस्पती प्रालिले काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रालिले डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित सो संस्थालाई सहयोग गरेको हो । 

जेठ ३० गते एक कार्यक्रमका गर्दै अस्पतालका अध्यक्ष डा. कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष श्रवणकुमार मोर तथा राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरू अनन्ता मोर र राजीव मोरको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । 

गणपती वनस्पती प्रालि विगत २५ वर्षदेखि सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीले सञ्चालनको विभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा विपद व्यवस्थापन, वैज्ञानिक आविष्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढीपहिरो, विपन्नको उपचार, भौतिक पूर्वाधारको लागि सहयोग गर्दै आएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्