
नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतीय नायक सलमान खानलाई निम्तो दिएकोबारे पर्यटनमन्त्रीसँग प्रश्न गरेकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सांसद चौधरीले पर्यटन मन्त्री प्रेम आलेसँग सलमानलाई बोलाउनुपर्ने कारणबारे प्रश्न गरेकी हुन् ।
‘पर्यटन प्रवर्द्धनका लागि मन्त्रीज्यूले बलिउडका नायकलाई निम्ता दिनुभएको थियो । सामाजिक सञ्जालमा पनि ठूलो चर्चाको विषय भएको देखियो,’ विनियोजन विधेयकमाथि संसदमा जवाफ दिएपछि मन्त्रीलाई प्ररक प्रश्न गर्दै चौधरीले भनिन्, ‘पर्यटन प्रवर्द्धन गर्न सक्ने देशमा योग्य व्यक्ति छैनन् र, बलिउडका मान्छे बोलाउनु पर्ने हो ?’