
पछिल्लो एक महिनामा डोकलाम सीमा विवादलाई लिएर भारत र चीनकाबीच तनाव जारी छ । दुई देशका सञ्चारमाध्यममा यस विषयमा समाचारहरु आएपनि भूटान भने चुप लागेको छ । जबकि डोक्लामको यो विवादित सीमा प्रत्यक्ष रुपमा चीन र भूटानको बीचको हो ।
भारतका साथ भूटानको कुल ६९९ किलोमिटर लामो अन्तराष्ट्रिय सीमामा आसामका साथ भूटानको २६७ किलोमिटर बोर्डर हो ।
आसामको एक मात्र सामड्डुप जोगखा शहरबाट मात्र भुटानमा जान सकिन्छ ।

भूटानको दक्षिण पूर्वी हिस्सामा रहेको सामड्डुप जोंगखार शहमा सालौं देखि व्यापार गरिरहेका अधिकांश भारतीय नागरिकले भुटानसँग सीमा जोडिएको क्षेत्रमा चीन र भारतबीच भइरहको तनावको यहाँ कुनै चर्चा नभएको बताए ।
यसका कारण उनलाई त्यस्तो कुनै हेक्का छैन कि भारत र चीनका बीच केही चलिरहेको छ ।
राजस्थानबाट आएर भुटानमा व्यापार गरिरहेका राकेश जालानले बीबीसीसँग भने‘भारत चीनका बारेमा हामीलाई यहाँ केही असर छैन, कयौं पटक टिवीका समाचारमा यो विषय थाहा भएको हो । तर भारत र चीनको विवादलाई लिएर यहाँ कुनै चर्चा छैन ।’
‘मेरा हजुरबुबा करिब ५० वर्ष पहिला भूटान आएका थिए । त्यसपछि बुबा र हामी यहाँ बस्यौं । यहाँ हामी भारतबाट बाहिर रहेको जस्तो कुनै आभाष भएको छैन । ’ उनले भने ।

कपडाका पस चलाउँदै आएका राकेश भन्छन् कि भूटान सरकार यदी भारतीय व्यापारिका लागि वर्तमान कानूनमा परिवर्तन ल्याएको खण्डमा यहाँ बस्न अझ सुविधा हुने थियो ।
सामड्डुप जोगखार शहरमा भारतीय व्यपारीका करिब ३० देखि ३५ पसल रहेका छन् । यसका अलावा भूटानको सीमावर्ती फुन्त्शोलिंग, गेलेफू जस्ता शहरमा पनि भारतीय व्यापारिले वर्षौदेखि व्यापार गर्दै आएका छन् ।
भूटानको यो क्षेत्रमा मिडियाको उपस्थिति अत्यन्त कम हुन्छ । तर एक दुई पसलमा भुटानको राष्ट्रिय समाचार कुएनसेल देखिन्छ । तर उक्त पत्रिकाको पहिलो पन्नमा चीनको साथ सीमा विवादसँग जोडिएको कुनै समाचार आएको छैन ।

भूटान अब एक लोकतान्त्रिक देश हो तर यहाँ आज पनि राजतन्त्रको प्रभाव धेरै देखिन्छ । जसका कारण मानिस आफ्नो देशको बारे मिडियामा खुलेर कुराकानी गर्दैनन् । भुटानको हरेक पसलमा राजा रानीको तस्वीर राख्नु अनिवार्य हो ।