×

NMB BANK
NIC ASIA

प्रदेश सरकारको बजेट हावादारी भएको प्रमुख प्रतिपक्षी एमालेको आरोप

असार १, २०७९

NTC
Premier Steels

प्रदेश १ सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हावादारी बजेटको संज्ञा दिएको छ ।

Muktinath Bank

सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेकपा एमाले संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले अहिलेको सरकारले ल्याएको बजेट हावादारी भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजस्व संकलन गर्ने कुनै नयाँ योजना पनि ल्याउनुभएको छैन,’ उनले भने, ‘कुनै तयारी बेगर हचुवाका भरमा ल्याएको बजेटले केही पनि परिवर्तन हुँदैन ।’


Advertisment
Nabil box
Kumari

कार्यकर्ता पोस्नका लागि मात्रै बजेट ल्याएको समेत उनले आरोप लगाए । ‘न लक्ष्य अनुसारको राजस्व संकलन हुन्छ, न त उहाँहरूले बजेट नै खर्च गर्न सक्नुहुन्छ । कार्यकर्ता पाल्नका लागि मात्रै अहिलेको सरकारले बजेट ल्याइएको छ,’ उनले भने, ‘कुनै पनि ठुला योजना छैनन् । सबै टुक्रे योजना मात्रै छन् । महत्त्वपूर्ण योजनाहरूमा कम बजेट छुट्याएर चुनाव लक्षित बजेट ल्याइएको छ ।’

Vianet communication

प्रदेश सरकारले प्रदेशलाई प्रभाव पार्ने कुनै पनि खालका बजेट नल्याएको उनले आरोप लगाए । आधारहीन, तथ्यहीन हावादारी बजेट आएकाले प्रदेशमा कुनै पनि काम नगर्ने उनले बताए ।

‘ठूला योजनाका लागि पर्याप्त बजेट छुट्याइएको छैन तर चुनावलाई लक्षित गरेर बजेट ल्याइएको छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x