२४ जेठ २०८३, आइतबार

प्रदेशहरूले ल्याए ३ खर्ब ५ अर्बको बजेट, सबैभन्दा ठूलो बागमती र सानो कर्णालीको

प्रदेशहरूले ल्याए ३ खर्ब ५ अर्बको बजेट, सबैभन्दा ठूलो बागमती र सानो कर्णालीको

सातै वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँको अनुमानित आय–व्ययको विवरण (बजेट) सार्वजनिक गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार बर्सेनि जेठ १५ गते संघीय बजेट आउने र असार १ गते प्रदेशको बजेट आउने गरेको छ ।

प्रदेशले संघले दिएको अनुदान रकमलाई समावेश गरेर बर्सेनि बजेट बनाउने भएकाले पहिले संघको, त्यसपछि प्रदेशको आउने गरेको छ । प्रदेशले दिएको बजेट समेतलाई आधार बनाएर अब स्थानीय तहको बजेट आउने छ ।

बुधवार सार्वजनिक भएको बजेटमा सबैभन्दा ठूलो बजेट बागमती प्रदेशको छ । बागमती प्रदेशको आगामी आवको बजेट ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँ छ ।

आगामी आवका लागि अन्य प्रदेशसँगको तुलनात्मक रूपमा कम बजेट भने कर्णाली प्रदेशको छ । कर्णालीले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको  छ । 

प्रदेशगत रूपमा हेर्दा दोस्रो ठूलो बजेट मधेश प्रदेशको छ । मधेश प्रदेशले ४६ अर्ब ८८ करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशको ४२ अर्ब ६३ करोड ३५ लाख, १ नम्बर प्रदेशको ३९ अर्ब ७३ करोड ८३ लाख, सुदूरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोड ६४ लाख र गण्डकी प्रदेशको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट आएको छ ।

आगामी आवको बजेटमा सुदूरपश्चिमको बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ छ । 

कर्णाली प्रदेशको बजेटमा चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ छ । 

गण्डकी प्रदेशले ल्याएको आगामी आवको बजेटमा चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख रुपैयाँ रहेको छ । 

बागमती प्रदेश ल्याएको बजेटमा चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ र पूँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ छ ।

मधेश प्रदेशले आगामी आवको बजेटमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ छ ।

salt training

कमेन्ट गर्नुहोस्