२२ जेठ २०८३, शुक्रबार

बागमतीको बजेटले काठमाडौंलाई अन्याय गर्‍यो : सांसद शाक्य

बागमतीको बजेटले काठमाडौंलाई अन्याय गर्‍यो : सांसद शाक्य

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उद्देश्यले ल्याएको भन्दै नेकपा एमालेका सांसदहरूले आलोचना गरेका छन् । 

पूर्व मन्त्री समेत रहेका बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्यले बजेटमा एमालेको भावनालाई समेट्न नसकेको भन्दै आलोचना गरे ।

‘बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उद्देश्यले ल्याइएको छ,’ उनले भने, ‘बजेटमा हाम्रो पार्टीको भावनालाई समेटिएको देखिँदैन । कतिपय भने पुरानै कुराको कपी–पेस्ट गरिएको छ ।’

उनले बजेटको आकार बढे पनि स्रोत भरपर्दो नभएकाले बजेट सस्तो लोकप्रियताका लागि मात्रै ल्याइएको आरोप लगाए । ‘बजेट काठमाडौंका जनताका लागि हात लाग्यो शून्य जस्तै देखियो,’ उनले भने, ‘कतिपय बटेज सुन्दा ठीकै लाग्ने तर कार्यान्वयन नहुने खालको देखिएको छ । काठमाडौंले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कन्जुस्याइँ गर्दा काठमाडौंका जनतालाई अन्याय भएको छ ।’

बागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक वर्षभन्दा करीब १३ अर्ब रुपैयाँले बढी हो ।

salt training

कमेन्ट गर्नुहोस्