२२ असार २०८३, सोमबार

लागुऔषधसहित दुई युवती पक्राउ

लागुऔषधसहित दुई युवती पक्राउ

लागु औषधसहित तनहुँ प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । मंगलबार साँझ तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्ष २२ की सुजा गुरुङ र नवलपरासी भएकी वर्ष २१ की रिस्पा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरुले लागु औषधको कारोबार गरिरहेका सूचनाका आधारमा प्रहरी उनीहरुको डेरामा खानतलासीका लागि पुगेको थियो । 

उनीहरुको साथबाट डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा २११ एम्पुल लागु औषध बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई बुधबार तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्