
प्रतिनिधि सभाको बैठक बुधवार राति ९ बजेसम्म बसिरहेको छ । बिहान ११ बजेदेखि शुरु भएको बैठक राति अबेरसम्म चलेको हो । विनियोजन विधेयक माथि मन्त्रीहरुले जवाफ दिने कार्यसूचीका कारण बैठक लम्बिएको हो ।
बुधवारको बैठकमा कानून, उर्जा, पर्यटन, शहरी विकास लगायत मन्त्रीले जवाफ दिएका छन् । मन्त्रीहरुले जवाफ दिएपछि सांसदहरुले पुरक प्रश्न सोध्न पाउने भएकोले बैठक लम्बिएको हो ।
अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । मन्त्रीहरुको जवाफ सकिएपछि बजेट पारित हुनेछ ।